चितवन हुँदै जाने गाडीलाई बिहान ६ बजेदेखि खुला

चितवन | असोज २०, २०८२

चितवन हुँदै जाने गाडीलाई बिहान ६ बजेदेखि खुला

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ ।

 

 

असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो । जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।

 

चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ ।

 

हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्